तलब नपाएपछि वीर अस्पतालका हाकिम घेराउमा

Nepal Cover
२९ असार २०७७, सोमबार
image

काठमाडौँ । वीर अस्पतालका कर्मचारीले तलब नपाएपछि हाकिमलाई घेराउ गरेका छन् । स्वास्थ मन्तालयले बजेट नपठाएपछि कर्मचारीको तलब राेकिएकाे हाे ।

कोरोनाको यस्तो त्रासको बीचमा दिनरात नभनी काम गर्ने काम गर्ने कर्मचारीहरूले तलब नपाएपछि अन्ततः वीर अस्पतालमा पीडित कर्मचारीले निर्देशक केदार प्रसाद सेन्चुरी र भिसी डि एन साह को चेम्बर अगाडि धर्ना दिन बाध्य भएको बताइएको छ।

वीर मा काम गर्ने झन्डै एक हजार कर्मचारीले तलबभत्ता नपाएपछि पटकपटक को आग्रह नसुनिएका कारण आन्दोलनमा जानुपरेको आन्दोलनमा सहभागी एकले बताए।

आज १ बजे बाट वीर अस्पताल मा घेराउ सहित धर्ना दिइएको पीडित कर्मचारी ले सम्पत्ति न्यूजलाई बताए । साथै, नेपाल सरकारका कर्मचारि ६ सय ८७ र चि वि रा प्र वीर अस्पताल को ५ सय ३५ कर्मचारि तलब र औषधि खरिद खर्च नपाएको स्राेतले जनाएकाे छ ।
माग पुरा नभएसम्म आन्दोलन अगाडि बडिरहने आन्दोलनरत पक्षको भनाइ छ। ।