पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण

  Sampatti News

July 13, 2020

काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो।

संक्रमितमध्ये १० हजार २ सय ९४ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए।

कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत निको भएर डिस्चार्ज भएको जानकारी प्रवक्ता गौतमले दिए।

हाल अस्पतालमा उपचाररत संक्रमितको संख्या ६ हजार ६ सय १३ छ भने ३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:July 13, 2020