नेपालमा कोरोनामुक्त हुनेको संख्या १० हजार नाघ्यो, संक्रमित दर घट्दो

  Sampatti News

July 13, 2020

काठमाडौँ । नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १० हजार नाघेको हो।

मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ८९ हजार ३ सय ७१ परीक्षणहरु गरिएका छन्। यस्तै, २४ घण्टामा ५ हजार ८ सय ५६ परीक्षण भएका छन्।

हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या २३ हजार ४ सय ७० जना छन्। त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ६ हजार ६ सय १३ जना रहेको छ।

त्यस्तै पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या पनि घटेको छ।

प्रकाशित मिति:July 13, 2020