भारतका कारण तराई डुबानमा परेको गृहमन्त्री थापाको दाबी

Nepal Cover
२९ असार २०७७, सोमबार
image

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतका कारण तराई क्षेत्र डुवानमा परेको बताएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सोमबार बोल्दै उनले भारतले सीमा क्षेत्रमा सडकरूपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको बताए ।

उनले यस्तो गतिविधि नेपालमाथिको हस्तक्षेप भएको समेत उल्लेख गरे ।

‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो’ उनले भने, ‘उनीहरूले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन्।’

भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताए।

त्यस्तै उनले भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरू भएको बताउँदै सम्झौताको सही ढंगले कार्यान्वयन नभएको बताए।

मन्त्रीसँगको छलफलपछि समितिले नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई समितिले निर्देशन दिएको छ।

वर्षाको समयमा तराईका भारतसँग जोडिएका भू—भागमा वर्षेनि डुबानको समस्या देखिए पनि सरकारले ध्यान दिन नसक्दा सर्वसाधारणले दुःख भोग्नु परिरहेको छ।