कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी शिद्धराज जोशी घुससहित पक्राउ परेका छन् । अधिकारी शिद्धराज जोशीलाई ८५ हजार घुस सहित पक्राउ परेका हुन्।
अख्तियारको टोलीले मंगलबार कार्यालयबाटै उनलाई घुससहित पक्राउ गरेको हो। सूचना अधिकारी जोशीले तालिममा सहजीकरण गरिदिने भन्दै घुस माग गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ।
पक्राउ परेका जोशीलाई अख्तियारको केन्द्रिय कार्यालय पठाईने र थप अनुसन्धान गरिने बताइएको छ।