ओली—प्रचण्डबीच आज पनि हुन सकेन सहमति, बिहीबार पुनः बैठक बस्ने

Nepal Cover
३१ असार २०७७, बुधबार
image

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान गर्नका लागि बसेको अध्यक्षद्वय प्रचण्ड र ओलीबीचको आजको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा करिब तीन घण्टा छलफल भएपनि कुनै ठोस सहमति जुट्न नसकेको हो।

आजको बैठकमा कुनै सहमति हुन नसकेपछि बिहीबार फेरि दुई अध्यक्षबीच छलफल हुने भएको छ।

दुवै अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो। तर, मंगलबार सामान्य छलफल गरेका ओली र दाहालबीच बुधबार भने विषयवस्तु केन्द्रित छलफल भएको थियो।

दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ सम्मका लागि बैठक स्थगित भएको छ। गत साता पनि ओली र दाहालले लगातार तीन दिन छलफल गरेका थिए।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा दाहाल लगायत केही नेताहरुको समुहले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद छ। ओलीले अहिलेसम्म दुवै पद नछाड्ने अडान लिएका छन्।