स्थगित गरिएको लोकसेवाको परीक्षा हुने, वार्षिक कार्यतालिका सार्वजनिक

Nepal Cover
३१ असार २०७७, बुधबार
image

काठमाडौँ । लोक सेवा आयोगले सरकारी निकायका विभिन्न पदपूर्तिका लागि विज्ञापन गर्ने लगायत कामकारवाहीको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै लोक सेवाले निजामती सेवा, सुरक्षा र संगठित संस्थाका विभिन्न पदको पदपूर्तिको कार्यतालिका सार्वजनिक गरेको हो ।

आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि निर्धारित कार्यतालिकामा निजामती सेवाका पदमा असोजको अन्तिम बुधवारदेखि विज्ञापन आह्वान हुने उल्लेख गरिएको छ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण भएको लकडाउनले प्रभावित भएका कार्यतालिकालाई समेत लोक सेवाले अगाडि बढाउने कार्यतालिकामा समावेश छ।