अध्यक्षकै मिलोमतोमा कालोबजारी, समलग्न आरोपीहरु फरार

  Sampatti News

July 16, 2020

रौतहट। खेतीबालिको सिजनको समय र पद तथा पहुँचको दुरुपयोग गर्दै वडा अध्यक्ष, सहकारी अध्यक्ष तथा उद्योग संञ्चालकहरुको मिलेमतोमा रसाायनीक मलमा कालोबजारी गरेका छन्। स्वत बजारमा पनि मल अभाब भएको बेला नेपाल सरकारबाट अनुदानमा प्राप्त हुने रासायनिक मल रौतहटका ३ सहकारी संस्थाले एजेन्ट मार्फत कालोबजारी गरेको पाइएको छ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ बाग्मती स्थित सृजनसिल कृषि सहकारी संस्था लिमिटेड, बाग्मती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, र उन्नतिशिल महिला कृषि सहकारी संस्था लिमिटेडको नाममा खरिद गरिएको रासायनिक मल आफना शेयर सदस्य किसान लाई सहजढङ्गले बिक्री बितरण गर्नुको बदला सर्लाहीको बाग्मती नगरपालिका–१२ कर्मैया घरभई चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मती बजारमा राहुल खाध्य उधोग संचालन गरी बसेका सत्यलाल साह मार्फत कालोबजारी गरेको पाइएको छ।

यहि आरापमा साहलाई प्रहरीले असाढ २५ गते पक्राउ गरेको हो ।

साहले सृजनसिल कृषि सहकारी संस्था लिमिटेडको नाम बाट युरिया १ हजार ६ सय ५२, डिएपी ६ सय ५ बोरा, पोटास १ सय ३५ बोरा, यस्तै बाग्मती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाम बाट युरिया १ हजार २ सय १२ बोरा, डिएपी ५ सय ७५ बोरा, पोटास १ सय १५ बोरा र उन्नतीशिल महिला कृषि सहकारी संस्था लिमिटेडको नाम बाट युरिया २ हजार १ सय २४ बोरा, डिएपी ६ सय ८१ बोरा, पोटास १ सय ३० बोरा खरिद गरी बाहिरी जिल्ला मकबानपुर र सर्लाहीमा बढि मुल्यमा बिक्री गरेको आरोप लागेको छ। सृजनसिल कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष स्वयम चन्द्रपुर नगरपालिकाको वडानम्बर १ का अध्यक्ष बिरु रखाल हुन भने उनको सहकारीको गत बर्ष हुनु पर्ने साधारण सभा समेत गरेको छैन।

तीन वटै सहकारी संस्था लाई अनुदानको मल दिन उनै वडाअध्यक्ष बिरु रखालले कृषि सामाग्री कंम्पनी लिमिटेड चन्द्रनिगाहपुर लाई सिफारिस गरेको पाइएको छ।

नेपाल सरकारको अनुदानित मल कृषि सामग्री कम्पनी लिमिटेड बाट सहकारी संस्थाले खरिद गरेको मलखाद्य किसान लाई बिक्री बितरण गरेपछि कृषक संग बिक्री बितरण प्रतिबेदन बनाउनु पर्नेमा ती सहकारी संस्था नबनाएको पाइएको छ।

कालोबजारीमा संलग्न एक ‘साह’ पक्राउ परेपनि उनी संगको संलग्नतामा रहेकाहरु भने फरार रहेका भन्दै खोजी हुनु पर्ने माग स्थानीयको रहेको छ।

पक्राउ परेका साहलाई कालोबजारी ऐन अन्र्तगत म्याद थप गरी अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले बताउनु भयो।

सहकारीको नाममा अनुदानको मलखाद्य खरिद गरेर बाहिरी जिल्लाका किसानलाई चर्को मुल्य बिक्री गरेको गुनासोको आधारमा साह पक्राउ माथि अनुसन्धान गरिएको उहाले बताउनु भयो।

तर, शक्तिकेन्द्र को प्रयोग गरि फरार अभियुक्तहरुलाई छुटाउने ठूलो खेल भएकोले नि आमकिसानहरु चिन्तन देखिएका छन।

प्रकाशित मिति:July 16, 2020