November 22, 2018
साउदी अरबका लागि नेपाली राजदूत रहेका प्रो.डा. महेन्द्र सिंह राजपुतले हिजो साउदी अरबका बर्तमान शिक्षामन्त्री रहेका डा.अहमद मोहमदसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
यी दुईबीच भएको भेटलाई निकै अर्थपूर्ण रुपमा लिन सकिन्छ । यो भेटको अवसरमा यी दुईबीच शिक्षा क्षेत्रमा भएका उपलब्धि, शिक्षाक्षेत्रमा दुई देश बिच गर्न सकिने प्रयास र सम्भाव्यता माथि सकारात्मक छलफल भएको बुझिएको छ ।
अन्तरदेशिय विज्ञानका आविश्कार लगायत सूचना तथा संचार क्षेत्रका उपलब्धिहरुलाई नेपाल र साउदी अरवबीच अन्तरसम्बन्धित गराउँदै साझेदारी रुपमा अघि बढ्ने समझदारी भएको छ ।
प्रकाशित मिति:November 22, 2018