कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो

Nepal Cover
२ श्रावण २०७७, शुक्रबार
image

काठमाडौँ । नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका करण ७३ वर्षीय वृद्धको मृत्यु भएको पुष्टि गरेको हो ।

शुक्रवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने उनको मृत्यु भएको जानकारी दिए।

मृतक मधुमेह र मुटुको रोगीसमेत भएको बताए । ुउहाँको यसअघि २ पटकसम्म मुटुमा स्टेन राखिएको थियो,ु उनले भने।

उनलाई असार १ गतेदेखि खोकी र ज्वरो आउन शुरू भएको थियो। बीपी कोइराला अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। बिहीवार राति सवा दश बजेतिर उनको मृत्यु भएको थियो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।