वडाअध्यक्षमाथि कार्यकक्षमै खुकुरी प्रहार

  Sampatti News

July 17, 2020

काठमाडौँ । मोरङ जिल्लाको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की माथि कार्यालयमा खुकुरी प्रहार भएको छ ।

शुक्रबार पटके करको विषयमा स्थानीय भवन ठकुरीले खुकुरी प्रहार गरेका हुन् । खुकुरी लागेर अध्यक्ष कार्की गम्भीर घाइते भएको प्रहरी चौकी केराबारीका प्रहरी नायव निरिक्षक दिपक बरालले बताए ।

आर्थिक बर्ष २०७६/७७ असार मसान्त सम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरीले साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि कार्की माथि आक्रमण गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

आक्रमण गर्ने ठकुरीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते अध्यक्षलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको छ ।

प्रकाशित मिति:July 17, 2020