पुराना मुद्दा फर्छ्यौट र छिटोछरितो न्याय सम्पादनबारे न्यायाधीशहरूसँग छलफल

  Sampatti News

August 7, 2023

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुराना मुद्दा फर्छ्यौटबारे छलफल गरेका छन् । आइतबारदेखि कामु प्रधानन्यायाधीश बनेका उनले पुराना मुद्दा फर्छ्यौट र छिटोछरितो न्याय सम्पादनबारे सर्वोच्च अदालतका न्यायाधीशहरूसँग छलफल गरेका हुन् । न्यायालयको सेवा थप प्रभावकारी बनाउन कर्मचारीहरूलाई निर्देशन दिएका श्रेष्ठले न्यायाधीशहरू र कर्मचारीको मनोबल बढाउन आफू प्रयत्नशील रहेको बताएका छन् । उनले न्यायिक सुधारका लागि उच्च र जिल्ला अदालतका न्यायाधीशहरूसँग छलफल गर्नेसमेत बताए ।

न्यायपालिकाको सेवा प्रवाहलाई चुस्त बनाउन र सेवाग्राही सहजताका साथ सेवा दिन कामु न्यायाधीश श्रेष्ठको निर्देशन थियो ।

प्रकाशित मिति:August 7, 2023