३ लागूऔषध व्यापारी नक्कली नोटसहित पक्राउ

  Sampatti News

July 19, 2020

काठमाडौं। नक्कली नेपाली र भारतीय नोटसहित ३ जना लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई बाराबाट पक्रिएको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला, मजौर पञ्चायत जमुनियाका २५ वर्षीय सुधिरकुमार कुशहवा, बाराको सिम्रनगढ नगरपालिका—४ का २६ वर्षीय मनोज साह र बाराकै आदर्श कोटवाल गाउँपालिका—६, पटेर्वाका ३० वर्षीय नरेन्द्रप्रसाद कुशहवा छन्।

शनिकार बाराको महागढीमाई नगरपालिका—२ बरियापुरस्थित् सडक किनारमा ना ५४ प ३८०५ नम्बरको मोटरसाइकलसहित फेला पारी नियन्त्रणमा लिइ खानतलासी गर्ने क्रममा नक्कली नेपाली नोट १ हजार दरको १ हजार ४ सय ७० वटा, १ दरको ७४४ गरी १५ लाख ४४ हजार ४सय बरामद गरेको छ।

यस्तै, भारतीय नक्कली रूपैयाँ ५ सयको दरको २ सय ९७ वटा र ५० दरको ७ सय ३ वटा गरी जम्मा भारतीय रूपैयाँ १ लाख ८३ हजार ६ सय ५० बरामद गरिएको प्रहरीले जनाएको छ।

अभियुत्तलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाइएको ब्यूरोले जनाएको छ।

प्रकाशित मिति:July 19, 2020