July 19, 2020
झापा । नाबालिका छोरीलाई एक महिना यताबाट पटक–पटक करणी गरेको आरोपमा बावु पक्राउ परेका छन्। सुनसरी धरान उपमहानगरपालिका १३ घर भइ हाल झापाको साविक गरामनी गाविस हाल विर्तामोड नगरपालिका–८ मा डेरा गरी वस्ने बावुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आरोपितले पटक – पटक नाबालिका छोरीलाई करणी गरेको स्थानीयले चाल पाएका थिए । पछिल्लो पटक विहीबार राती साढे ९ बजे घरमा कोही नभएको मौका पारी करणी गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको थियो।
इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्वमा गएको टोलीले आरोपितलाई नियन्त्रणमा लिइएकोे जिल्लाका डिएसपी राकेश थापाले बताए । १२ वर्षीया नाबालिका छोरीलाई करणी गरेको आरोपमा बावुलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको थापाले बताए।
प्रकाशित मिति:July 19, 2020
April 11, 2025
April 11, 2025