कञ्चनपुरको एक वडा कार्यालयमा आगजनी

Nepal Cover
८ श्रावण २०७७, बिहीबार
image

कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी भएको छ। अज्ञात समूहले राति आगजनी गरेका छन्। आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ।

कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए। कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ आगजनी गरिएको छ उनले भने, “राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनीबाट क्षति भएको छ।” सुरक्षाकर्मीको टोली वडा कार्यालयमा भर्खरै पुगेको छ। के कति क्षति भएको छ, यकिन विवरण सङ्कलनको कार्य भइरहेको वडाध्यक्ष सिंहले बताए।