July 24, 2020
काठमाडौँ । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड हान्ने २ युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लु बस्ने मुन्ना मोहम्मद छन् ।
उनीहरुलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले एसिड प्रहार गर्ने २ जनालाई डल्लुबाट बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरेको हो।
उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि एसिड प्रहार गरेको बताएका छन्। बिहीबार साँझ दही किन्न निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो ।
कार्कीले एसिड प्रहार गर्ने व्यक्तिलाई नचिनेको बताए पनि सिसिटिभी फुटेजबाट हुलिया पत्ता लगाएर दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति:July 24, 2020
April 16, 2025
April 16, 2025