उपचाररत विश्व गुरुङको लागि बेलायत र हङकङबासी नेपालीद्धारा पौने ३ लाख सहयोग

Nepal Cover
९ श्रावण २०७७, शुक्रबार
image

काठमाडौँ । टाउकोमा गम्भीर चोट लागि उपचाररत विश्व गुरुङको सहयोगार्थ बेलायत र हङकङबाट सङ्कलित रु २ लाख ७५ हजार नगद प्रदान गरिएको छ। पर्वत मोदी गाउँपालिका–१ लौसीबोट घर भई हाल पोखरा १२ फूलबारी सफा मार्गमा बस्दै आउनुभएका उहाँको दुई वर्ष अघि भर्याङबाट लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो। २५ वर्र्षीय गुरुङको उपचारपछि पनि हालसम्म होस खुल्न सकेको छैन।

उपचारमा १ करोडभन्दा बढी रकम खर्च भइसकेको र हाल उपचारका लागि आर्थिक अभाव भएपछि बेलायतमा रहेका नेपाली, लौसीबोट हङकङ समाज र लौसीबोट बेलायतबाट सङ्कलित सो रकम उहाँकी आमा डिलकुमारी गुरुङलाई प्रदान गरिएको छ।

सहयोग रकम पर्वत घर भई हाल पोखरा १० अमरसिंहचोकमा बस्दै आएका युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ र लक्ष्मी गुरुङको संयोजनमा लौसीबोट पोखरा सम्पर्क समाजका अध्यक्ष लोकबहादुर गुरुङ र लौसीबोट गाउँ समाजका अध्यक्ष कुलवीर गुरुङले विश्वका आमा डिलकुमारीलाई हस्तान्तरण गर्नुभएको हो।