पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना पुष्टि

  Sampatti News

July 24, 2020

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले १ सय ३३ जनामा कोरोना थपिएको पुष्टि गरेका हुन्।
योसँगै नेपालमा कोरोना पुष्टि हुनेको कुल सङ्ख्या १८ हजार ३ सय ७४ पुगेको छ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ३ सय ८३ रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा गौतमले बताए।

देशभर शुक्रबार मात्र १सय ७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ९ सय ४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ९ सय ८७ को नमुना परीक्षण भएको डा. गौतमले जानकारी गराए।

प्रकाशित मिति:July 24, 2020