July 24, 2020
काठमाडौं । काठमाडौंमा आज (शुक्रबार) कोरोना भाइरसका १० जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंका १० जनामा संक्रमण पुष्टि भएको डा. जागेश्वर प्रशाद गौतमले जानकारी गराएका हुन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका थप ५ जना गरी १० जनामा कोरोना पुष्टि भएको हो।
योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४०७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति:July 24, 2020
April 17, 2025
April 17, 2025