July 24, 2020
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साहलाई ५ लाख ५३ हजार नगदसहित पक्राउ गरेको छ। घुसबापतको सोही रकम लिएर सुनसरीबाट रौतहटतर्फ गइरहेका उनलाई इटहरीबाट खटिएको अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
डिभिजन वन कार्यालयको बा २ झ ४१० नम्बरको सवारी साधानमा श्रीमतीसहित रौतहट गइरहेका उनले उक्त रकम सवारी साधनमा लुकाएको उजुरी परेपछि नियन्त्रणमा लिइएको अख्तियारका दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ। उनीहरुमाथि थप अनुन्धान सुरु भएको आयोगले जनाएको छ।
प्रकाशित मिति:July 24, 2020
April 17, 2025
April 17, 2025