सीमा क्षेत्रमा खटिएका १८ प्रहरी जवानमा कोरोना

Nepal Cover
१० श्रावण २०७७, शनिबार
image

झापा । सीमा क्षेत्रमा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ। पूर्वी नेपालको काँकरभिट्टा सीमा क्षेत्रमा खटिएका १८ जना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण देखिएको हो।

संक्रमण पुष्टि भएका सशस्त्र प्रहरीहरु सीमाक्षेत्र, होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खट्दै आएका थिए।
संक्रमितमध्ये सशस्त्र प्रहरीका १७ पुरुष र १ महिला भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले जानकारी दिए। उनका अनुसार २ जनामा संक्रमण देखिएपछि साउन ७ गते थप ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी विराटनगर स्थित प्रादेशिक प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो।

संक्रमण देखिएका सबैलाई थप उपचारका लागि मोरङको गोठगाउँस्थित कोभिड अस्पतालमा लागिएको छ। शुक्रबार साँझ सम्ममा झापामा संक्रमितको संख्या ३ सय ४५ पुगेको छ। चौलागाईँका अनुसार संक्रमण देखिएका सबैको अवस्था सामान्य छ। हालसम्म जिल्लामा २ सय ९९ जना भने निको भएर घर फर्किसकेका छन्।

यसअघि पनि काँकडभिट्टाकै सीमा क्षेत्रका २ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको थियो।