July 25, 2020
बाँके । बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ। उद्योग गुणस्तरहीन पानी उत्पादन तथा विक्रि गरेको कसुरमा २ लाख जरिवानाको कारवाहीमा परेको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो। कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि रु दुई लाख जरिवाना गरेको हो। अनुगमन टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर सुधार गरी पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएको सो कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले बताउनुभयो।
प्रकाशित मिति:July 25, 2020
April 17, 2025
April 17, 2025