सुर्यविनायकमा रोपिए ४ सय ५० बढि प्रजातिका बिरुवा

Nepal Cover
१० श्रावण २०७७, शनिबार
image

काठमाडौँ। सुर्यविनायक नगर पालिका वडा न.८ सिपाडोल मालिगाउमा आज वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
पुष्पलाल स्मृति प्रतिष्ठान भक्तपुरद्वारा आयोजित सोही वृक्षारोपण कार्यक्रम नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा ४ सय ५० वटा विभिन्न प्रजातिका विरुवाहरुको रोपन गरिएको छ।
व्यबस्थापन समितीको संयोजक कविराम थापाले वृक्षिरोपण गरिएको स्थानमा पुष्पलाल स्मृति पार्क निर्माण गरिने बताउनुभयो।

कार्यक्रम जिल्ला समितीका अध्यक्ष ध्रुवराज बिष्टको सभापतिमा भयको थियो भने कार्यक्रम समितीका सचिव रजन के।सीले संचालन गर्नु भएको थियो।

साथै,कार्यक्रमको जानकारी आयोजक समितीका सदस्य युवा नेता दिपक थापाले गराउनु भयो।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य सोम मिश्र , वागमति प्रदेशका माननिय राजेन्द्रमान श्रेष्ठ , नेकपाको जिल्ला कमिटी सचिव डिपी ढकाल लगाएर जिल्ला कमिटी सदस्यहरु ,, स्थानिय जनप्रतिनिधीहरु नेकपाका नेता कार्यकर्ताहरूको उल्लेख्य उपस्थिती रहेको थियो।