सुनचाँदी ब्यावसायीको तेस्रो महाधिवेशन असोजमा हुँदै

  Sampatti News

July 26, 2020

काठमाडौँ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले तेश्रो महाधिवेशन तथा ७ औं वार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा गर्ने भएको छ।

महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठक बसेर यो निर्णय गरेको हो। महाधिवेशनमा देशभरबाट करिव ४ सय जना प्रतिनिधि सहभागी हुनेछन्।

बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन असोज १२ गते गर्ने निर्णय गरेको छ।

महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका लागि वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको छ।

हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन

आम उपभोक्ताको सर्वोपरी हितलाई मध्यनजर गर्दै महासंघले हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय गरेको छ। यस्तै, यस विषयमा थप प्रष्ट हुने गरी बैठकले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
हाल बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली र मूल्य यकीन नहुँदा आम उपभोक्ता मर्कामा पर्दै आएका छन्।

प्रकाशित मिति:July 26, 2020