काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३० जना कोरोना संक्रमित फेला परेका छन्।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकारी दिए।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन्। हालसम्म १३ हजार १ सय २८ डिस्चार्ज भएका छन् भने कोभिड १९ संक्रमणका कारण हालसम्म ४५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा आठ जना कोरोना संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुईजना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीनजना र स्टार अस्पताल ललितपुरमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।