न्यू सगरमाथा एग्रोभेट सेन्टरका सञ्चालक वैध युरिया मलसहित पक्राउ

Nepal Cover
१२ श्रावण २०७७, सोमबार
image

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले करिब ७४ बोरा युरिया मलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

राजविराज नगरपालिका–६ स्थित न्यू सगरमाथा एग्रोभेट सेन्टरमा आइतबार प्रहरीले छापा मारेर अवैधरुपमा भण्डार गरी राखेको मलसहित सेन्टरका सञ्चालक स्थानीय सूर्यनारायण यादव र स १ ज ४६४ नम्बरको सवारी साधनका चालक महेन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले युरिया मल र गाडीका चालकलाई भन्सार कार्यालय तिलाठीस्थित बेल्हीमा बुझाइएको जानकारी दिनुभयो।