पछिल्लो २४ घण्टामा १ सय ३९ जनामा कोरोना पुष्टि

  Sampatti News Online

July 27, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड—१९) का १ सय ३९ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यो सँगै मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ७ सय ५२ पुगेको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन्।

सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०–१० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीका ३–३ जना, सल्षनका २ तथा सिराहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकएक जनामा पनि संक्रमण देखिएको छ।

सोमबार ६ सय २६ जना संक्रमित निको भएर घर फर्किएका छन्। योसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या १३ हजार सात सय ५४ पुगेको छ। अब ४ हजार ९ सय ५० जना सङ्क्रमित उपचार गराइरहेका छन्। यस्तै १६ हजार तीन सय ७१ जना विभिन्न क्वरेण्टीनमा बसिरहेका छन्।

नेपालमा अहिलेसम्म ३ लाख ४७ हजार २ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ।

प्रकाशित मिति:July 27, 2020