July 27, 2020
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा थप ३ जनाको मृत्यु भएको छ।
पर्सा, धनुषा र बाराका दुई जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।
पर्सा वीरगञ्जका ६५ वर्षीय, धनुषाका ३८ वर्षीय र बाराको ६० बर्षिया पुरुषको मृत्यु भएका भएको हो।
वीरगञ्जको आदर्श नगर निवासी भारतीय नागरिक ६५ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।
यस्तै धनुषाको शहीद नगरपालिका ८ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अत्यधिक ज्वरो र रुघाखोकी लागेपछि उनी शनिवार प्रादेशिक अस्पताल पुगेका थिए। अस्पतालले उनलाई आइसोलेशन कक्षमा भर्ना गरेपनि अवस्था बिग्रिँदै गएपछि अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेको थियो। तर धरान लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो।
यस्तै बाराका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन १२ गते मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । उनी न्युमोनिया र मस्तिष्कघातका बिरामी थिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
प्रकाशित मिति:July 27, 2020
November 22, 2024