उपत्यकामा एकै दिन ५३ संक्रमित थपिए

Nepal Cover
१३ श्रावण २०७७, मंगलवार
image

काठमाडौं। काठमाडौं उपत्यकामा मंगलबार ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंका ४८, ललितपुरका चार तथा भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै काठमाडौं छिर्ने ३ नाकाबाट मंगलबार दिउँसो ४ बजेसम्म कूल ४ हजार ८ सय १३ जनाको नमुना संकलन गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा फर्पिङ नाकाबाट ९ सय ५५, नागढुङ्गा नाकाबाट दुई हजार ९ सय १४ तथा साँगाबाट ९ सय ४४ जनाको नमुना संकलन गरिएको जानकारी दिए।