विजय शाही बने सानका ब्रान्ड एम्वेस्डर

  Sampatti News

July 28, 2020

काठमाडौ । ओम समाज डेण्टल अस्पताल र सान इन्टरनेशनल कलेजले मेमोरी किङ विजय शाहीलाई बधाई तथा सफलताको शुभकामना दिएको छ।

कलेजका अध्यक्ष डा. सुभाष घिमिरेले ‘आफ्नो विद्यार्थीले अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएकोले कलेजको शान मात्र बढेको छैन यो सम्पूर्ण नेपालीहरुको सान हाम्रो कलेजको सानले उत्पादन गरेको छ’ भन्नुभयो । कार्यक्रमा बौल्दै अध्यक्ष डा. घिमिरले यस कलेजले मेमोरी किङ देखि खेल क्षेत्रमा समेत प्रतिष्ठित खेलाडी उत्पादन गरेको बताउँदै हाम्रै विद्यार्थी रोहित पौडेलले संसारको सबैभन्दा सानो उमेरमै क्रिकेट खेलमा सतक हाँसिल गरेर कीर्तिमान कायम गरेको सन्दर्भ समेत औल्याउँदै यस्ता कयौं प्रतिभाहरु आफ्नो कलेजले उत्पादन गरेको प्रसङ्ग सम्झँदा आफूँलाई गर्व लागेको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै विभिन्न प्रतिस्पर्धात्मक इन्जिनियरिङ्ग र चिकित्सा क्षेत्रमा पनि १० देखि १५ प्रतिशत छात्रबृत्ति प्राप्त गर्न सफल भएकोले कलेजका सबै शिक्षकलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिनुभयो।

ओम समाज डेण्टल र सान इन्टरनेशनलका अध्यक्ष घिमिरेले समाजमा रकमको अभावमा उपचारबाट र शिक्षाबाट बञ्चित हुनुपरेको छ। त्यस्ता खाले समस्यामा कोही परेका छन् भने आफूँलाई खबर गरिदिन आग्रह गर्नुभयो।

कार्यक्रममा काठमाडौ महानगरपालिका २ नम्वर वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द प्रसाद चौलागाईं, ओम समाज केन्द्रले अस्पतालका उपाध्यक्ष रामेश्वर केसी, इन्टरनेशनल ब्राण्डका प्रताप केसी, लगायतका विशिष्ट अतिथिहरुको बीच डा। घिमिरले किङ मेमोरी किङ विजय शाहीलाई सान इन्टरनेशनल कलेजको ब्राण्ड एम्वेस्डर समेत घोषणा गर्दै खादा र मालाले शुभकामना समेत दिनुभएको थियो ।

प्रकाशित मिति:July 28, 2020