रानी विराटनगरले लक्ष्यको ५७.१३ प्रतिशत मात्रै राजस्व संकलन गर्यो

Nepal Cover
१४ श्रावण २०७७, बुधबार
image

काठमाडौं। एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६÷७७ मा कूल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा मात्र यो मात्र ५७.१३ प्रतिशत हो । अर्थात, २१ अर्ब २८ करोड २६ लाख १७ हजार रुपैयाँले कम हो।


आव २०७४÷७५ मा लक्ष्यभन्दा १ अर्ब ५६ करोड ८२ लाख दुई हजार रुपैयाँ बढी अर्थात १०५ प्रतिशत राजश्व संकलन गरेको थियो भने कार्यलयले आव २०७५÷७६ मा कूल ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यमा ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको गरेको थियो।

गत अर्थिक वर्षमा कोभिड—१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापरिक कारोवार ठप्प हुनु आयात एवं निर्यात नहुनुले पनि लक्ष्य अनुसारको राजस्व संकलन नभएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए।

उनले यस्तो समस्याको बाबजुद पनि कार्यालयले निरन्तर भन्सार राजस्वमा निगरानी बढाएकोले धेरै हदसम्म भन्सार उठाउन सफल भएको बताए।

गएको आवमा संकलित राजस्वमा भन्सार महसुल १२ अर्ब ४ करोड २९ लाख १५ हजार, मूल्यअभिवृद्धि कर १४ अर्ब ७६ करोड ७४ लाख ४७ हजार रुपैयाँ र अन्तःशुल्क १ अर्ब ५५ करोड ३० लाख ६७ हजार रुपैयाँ रहेको छ।