दुई दिनमै कर्जा स्वीकृत हुने गरि मेगा बैंकले लियो सस्तो कर्जा योजना

  Sampatti News

July 29, 2020

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ।

योजना अनुसार बैंकको १० औँ बार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो।

ब्याजदर १ बर्षसम्म नबढ्ने गरि अब साना तथा मझौला व्यवसायीहरुले एक करोडसम्मको कर्जा लिँदा ८.३२ ब्जाजदरमै कर्जा पाउनेछन् ।

आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको २ दिनमै कर्जा स्वीकृति हुने ब्यवस्था मिलाइएको छ। मेगा बैंकका देशभर छरिएका २ सय ६ वटा शाखाबाट यो सुविधा पाइनेछ। कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि यो कर्जा योजनाले लाभ मिल्ने मेगा बैंकले विश्वास लिएको छ।

प्रकाशित मिति:July 29, 2020