दाङमा पहिरो, आमाबच्चा बेपत्ता

  Sampatti News

July 29, 2020

दाङ । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ५, कमिरेचौरमा पहिरोले घर पुर्दा आमाबच्चा बेपत्ता भएका छन्।

मंगलबार राति खसेको पहिरोले घर भत्किँदा भित्र रहेका आमा र बच्चा बेपत्ता भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए।

‘पूर्णरुपमा परिचय अझै खुलेको छैन,’ बुधबार बिहान प्रहरीको टोली घटनास्थल पुगिसेकेको छ, खोजी भइरहेको छ।’प्रमुख जिल्ला अधिकारी रिजालले भने।

घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।

प्रकाशित मिति:July 29, 2020