एटिएम र चेक नभएपनि रु १ लाख सम्म रकम निकाल्न सक्ने नवीलको ‘स्क्यान एन्ड वीथ ड्र’ सेवा सुरु

Nepal Cover
१४ श्रावण २०७७, बुधबार
image

काठमाण्डौँ। नवील बैंकले मंगलबारबाट ‘स्क्यान एन्ड वीथ ड्र’ सुविधाको सुरुवात गरेको छ। बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराई सहजता प्रदान गर्ने उद्देश्यले यस्तो सुविधा सञ्चालनमा ल्याएको हो।

बैंकका अनुसार ‘स्क्यान एन्ड वीथ ड्र’ मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक १ लाखसम्मको रकम झिक्न सक्नेछन्।

हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ। सेवा चाँडै देशभरिका शाखाहरुमार्फत उपलब्ध गराउने बैंकले जनाएको छ।

नयाँ सेवाको सुरुआतको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, “अब नवील बैंकका ग्राहकले चेक/एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्नुहुनेछ।”

ग्राहकले क्यूआरकोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ।

नवील बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देशभर १ सय १८ शाखाहरु र १ सय ७८ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंक नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको बैंकको रुपमा परिचित छ।