पञ्जीकरण विभागले माग्यो १ सय ७६ जना कर्मचारी

Nepal Cover
१४ श्रावण २०७७, बुधबार
image

काठमाडौँ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ सय ७६ जना कर्मचारीको माग गरेको छ। विभागले विभिन्न ३ जिल्लाका लागि सोही कर्मचारीको माग गरेको छ।

विभागले सप्तरी, सर्लाही र कास्की जिल्लाका लागि क्रमशः ५३, ६३ र ६० जना गरी एक सय ७६ जना विवरण दर्ता अपरेटरका लागि दरखास्त आव्हान गरेको हो।

जिल्लाका सबै नेपाली नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्य अन्तर्गत घुम्ती सेवा सञ्चालनमार्फत नागरिकता विवरणहरू संकलन गर्ने कार्यका लागि ती जिल्लामा खुल्ला प्रतिस्पर्धाद्वारा करारका कर्मचारी भर्ना गर्न लागेको विभागले जनाएको छ।

विभागद्वारा प्रकाशित सूचनाअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा दरखास्त दिन सकिने छ । दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ भने न्यूनतम योग्यता प्रवीणता पत्र तह उत्तीर्ण गरेको तथा कम्तीमा ३ महिनाको कम्प्युटर अपरेटर सम्बन्धी तालिम प्राप्त गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह वा सो भन्दा माथिल्लो तहमा १सय पूर्णाङ्कको कम्प्युटर विषय राखी उत्तीर्ण गरेको भए छुट्टै प्रमाणपत्र आवश्यक पर्नेछ्रैन।

तलब दैनिक एक हजार दुईसय हुनेछ । आवेदन दिन कुनै शुल्क लाग्नेछैन।