उपत्यकामा थप १४ जनामा कोरोना पुष्टि

Nepal Cover
१४ श्रावण २०७७, बुधबार
image

काठमाडौं । बुधवार काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा २ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा ७ जनामा, वीर अस्पताल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा १ जना र स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा २ जनामा गरेर काठमाडौंमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।