कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

Nepal Cover
१४ श्रावण २०७७, बुधबार
image

काठमाडौँ। वीरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्ज रोधमाई वडा नं ७ का ६८ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । निमोनिया भएपछि उनी साउन ८ गते भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले बताए । उनको बुधबार बिहान पौने ११ बजे मृत्यु भएको हो। साथै उनी मुटुका रोगी पनि थिए।

यस्तै, नेशनल मेडिकल कलेजमा उपचाररत वीरगञ्जका ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। झाडापखालाको समस्या देखिएपनि उनी उपचारका लागि गएराति अस्पताल भर्ना भएका थिए ।

आईसियुमा उपचाररत उनको बुधबार बिहान ३ बजे मृत्यु भएको थियो। उनको केही बेर अघि मात्र आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको मेसु उपाध्यायले बताए । उनका अनुसार ती व्यक्ति मर्गौलाका रोगी थिए।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५१ पुगेको छ ।