काठमाडौँ । पछिल्लो २४ घण्टा अर्थात बिहीबार देशभर २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ। बिहीबारको नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोही जानकारी गराएका हुन्। पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना घर गएका छन् । अहिलेसम्म कोरोना निको हुनेको संख्या १४ हजार २४८ पुगेको छ।
हालसम्म कूल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।