प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदमा ओलीको अर्काे विकल्प छैन—मन्त्री भट्ट

Nepal Cover
१५ श्रावण २०७७, बिहीबार
image

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा प्रधानमन्त्रीद्धय केपी शर्मा ओलीको अर्काे विकल्प नरहेको बताए।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन्। उ
भट्टले ओलीलाई दुवै पदबाट हटाउन नमिल्ने र नसकिने बताएका हुन्। उनले भने—‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ। पार्टी भनेको सबै हो। अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिनँ ।’

मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ब्रेक–थ्रु’ हुनुपर्ने बताए । भट्टले पार्टीभित्र देखिएको दुईमत पार्टीभित्रको कलह तथा विवाद नभई बहस, छलफल र वादविवाद भएको बताउँदै अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि विश्वास दिलाए।

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको विकल्प नभएको जिकिर गर्दैे छिट्टैसहमति हुने बताए। यद्यपी उनले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप समेत लगाए । उनले भने,‘तर, हामी ती प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्छौं।’
वर्तमान सरकारले गरेका राम्रा काम र यसका उपलब्धिहरु जनतासमक्ष लगिनेपनि उनले जनाए।

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशनपनि सहमतिकै आधारमा सम्पन्न हुने आफ्नो विश्वास रहेको बताए।

उनले पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा कोरोनाको संक्रमण बढेकोबारे सरकारको पर्याप्त ध्यान गएको बताए।

आजै साँझ चार बजे सिसिएमसीको बैठक बस्ने र त्यही बैठकमा अब कसरी अघि बढ्ने भन्नेबारे महत्वपूर्ण निर्णय लिईने बताए ।
उनले कोभिड–१९ को संक्रमणका कारण देश गम्भीर मोडमा रहेको र सिंगो देश नै अहिले कोरोनाविरुद्ध लडिरहेको बताउँदै सरकारले आवस्यक सर्तकता अपनाएको छ।