August 1, 2020
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ईस्लाम धर्मवलम्बीहरुको महान पर्व बकर —इद् ( ईदुल जोहा) को शुभकामना दिनुभएको छ।
प्रधानमन्त्री ओलीले आज विज्ञप्ति निकाल्दै ईस्लाम धमर्वलम्बीलाई शुभकामना व्यक्ति गर्नुभएको हो । धार्मिक, सांस्कृतिक भाषिक तथा जातीय विविधताका बीच अनुपम सुदृढ एकता रहेको हाम्रो देशमा विभिन्न सांस्कृतिक पर्वहरुले आपसी सद्भाव सहिष्णुता मेलमिलापलाई प्रवद्र्धन गरेको उहाँले बताउनु भयो।
‘नेपालमा धार्मिक सांस्कृतिक र भाषिक लगायतका विविधतालाई संवैधानिक रुपमा सम्मान र संरक्षण गरिएको छ । विविधता बीचको एकता हाम्रो पूँजी हो र यसका माध्यमबाट हामीले देशका विकास र समृद्धिको नयाँ उचाईमा पुर्याउनु पर्ने छ। मुस्लिम समुदायको यस पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने छ भन्ने मेरो विश्वास रहेको छ ।’ विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति:August 1, 2020
November 24, 2024