रौतहट २७ मंसीर। वडा अध्यक्ष रामानन्द यादवको बिशेष पहलमा रौतहटको पूर्विभेग दुर्गा भगवती गाउँपालिकामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। पालिकाकी उपमेयर शिला देवीले आँखा शिविरको विधिवत रूपमा उदघाटन गरेकी थिइन्।
नेपाल नेत्र ज्योती संघ आँखा अस्पताल गौर -८ पुरेनवा द्वारा दुर्गा भगवती ४ पचरुखी वडा कार्यालमा आयोजित नि:शुल्क आँखा शिविरमा कुल १८३ जना बिरामीको आँखा परिक्षण गरिएको थियो। सो मध्ये ८३ जना बिरामीको आँखामा मोतियाबिन्दु रोग ठहर भएको चिकित्सकले बताएका छन्।
मोतिबिन्दु ठहर भएका सबै बिरामीलाई आज आँखा अस्पताल पुरेनवा लागेर अन्य आवश्यक जाँच पश्चात भोलि नि:शुल्क आँखाकाे अप्रेशन गरिने योजना रहेको दुर्गा भगवती गाउँपालिका वडा ४ का अध्यक्ष रामानन्द यादवले जानकारी दिएका छन्। सञ्जय मिश्रा