शनिबार थप ३ सय १५ जनामा कोरोना पुष्टि

Nepal Cover
१७ श्रावण २०७७, शनिबार
image

काठमाडौँ। नेपालमा शनिबार थप ३ सय १५ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ४ सय ९२ पुगेको छ। सक्रिए संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको छ।

यस्तै आजसम्म कुल ११ हजार ५ सय ३३ जना क्‍वारेन्टिनमा रहेका छन्। आजसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।