पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६ जनामा कोरोना पुष्टि

  Sampatti News

August 1, 2020

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका थप ६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवत्ता डा( जागेश्वर गौतमले उपत्यकामा शनिबार उपत्यकामा ६ जनामा कोरोना पुष्टि भएको जानकारी गराएको हुन्।

संक्रमितमा काठमाडौँ जिल्लाका ५ जना र भक्तपुरका १ जना रहेका छन्।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा काठमाडौंका २ जना, नेपाल कोरियामैत्री अस्पतालमा काठमाडौंका २ जना र नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्त डा। जागेश्वर गौतमले बताए।

प्रकाशित मिति:August 1, 2020