विराटनगरका प्रमुखलाई कार्यकक्षमै महिलाले गरे हातपात

  Sampatti News

August 1, 2020

विराटनगर । श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्‍जेलमाथि कार्यकक्षमै हातपात भएको छ। ड्युटी सिफ्ट परिवर्तन गर्ने विषयमा भनाभन हुने क्रममा २ जना महिला कर्मचारीले सञ्जेललाई हातपात गरेका हुन्।

मोरङ प्रहरी प्रमुख एवं एसपी सन्तोष खड्काले सोही महिलाहरु कार्यालयमा सहयोगीको रुपमा रहेको बताए। उनले भने‘अहिले दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं।’

‘ड्युटीमा खटाउने क्रममा उहाँहरुले राति नखटाइदिनु भन्दा विवाद चर्केपछि हातपात भएको भएको रहेछ । ’एसपी खड्काले भने ।

प्रहरीका अनुसार बिहान ११ बजेतिर उपसचिव सञ्‍जेलले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति:August 1, 2020