आछामका बिरेन्द्र साहको कोरिया जाने र परिवारलाई खुशी राख्ने सपना अधुरो रहयो।

Nepal Cover
१४ पुष २०८०, शनिबार
image

काठमाडौ । बुवा आमाको सपना क्षणभर मै ग्वार्को बालकुमारीमा ढल्यो।स्वदेशमा रोजगारी नपाएपछि आछ्म,चौरपाटी– १ सिउडीका वीरेन्द्र शाह देश छोडने निष्कर्षमा पुगे। त्यसकै लागि एक वर्षपहिले काठमाडौं गए। राम्रो कमाइ हुने थाहा पाएपछि कोरिया जाने योजना बनाए। त्यसकै लागि कोरियन भाषा पढ्न थाले।

एक वर्षदेखि कोरियन भाषा पढेका वीरेन्द्रले भाषा परीक्षामा सहभागी हुन पाएका थिएनन्। उनले बुवा आमालाई बेलाबेलामा फोन गर्थे। र भन्थे, ‘म छिट्टै कोरिया जाँदैछु। सबै ठीक हुन्छ।’

यो खबरले वृद्ध आमाबुवा पनि खुसी थिए। छोरो कहिले विदेश जाला र दुःखका दिन अन्त्य होलान् भनेर बुवाआमा औंला भाँच्दै बस्थे। तर, नियतिको खेल। न वीरेन्द्र विदेश जान पाए, न त बुवाआमाको सपना नै पूरा हुने भयो। उल्टै वीरेन्द्रले सदाका लागि प्राण त्यागे। बुढेसकालको सहाराले नै संसार छोडेपछि बुवाआमामा वज्रपात भएको छ। वीरेन्द्रका बुवा अशक्त छन्।

भाषा परीक्षामा समावेश हुन पाउनुपर्ने हक माग्दै शुक्रबार काठमाडौंमा भएको प्रदर्शनमा वीरेन्द्रलाई प्रहरीको गोली लाग्यो। साथीहरूले उपचारका लागि पाटन अस्पताल पुर्‍याए। तर, ज्यान जोगिएन।

आमा दुर्गादेवी शाह, बुवा टेकबहादुर शाहका कान्छा सन्तान हुन्, वीरेन्द्र। वीरेन्द्रको मृत्युको खबर पत्याउन मुस्किल भइरहेको वीरेन्द्रका आफन्त भरत शाहले बताए।

वीरेन्द्रको पारिवारिक अवस्था कमजोर रहेको शाहले बताए। उनले भने, ‘वीरेन्द्रका वुवालाई केही आफन्तसहित काठमाडौं पठाउँदै छौं,’ सामाजिक सञ्जालमा धेरैले मृत्युको खबर राखिसकेका छन् तर पनि पत्याउन सकेका छैनौं।’ घटनाले गाउँ नै शोकमा डुबेको भरतले बताए। जे नहुनु पर्ने भयो परिवार समालिन सकेको छैन। राज्यको गलत नियतका कारण आम नागरिकले कहिलेसम्म सास्ती खेप्नुपर्ने हो त्यो भने अन्योल नै रहेको छ।