सिन्धुपाल्चोकमा पहिरो, ८ जना बेपत्ता

  Sampatti News

August 3, 2020

काठमाडौँ । सिन्धुपाल्चोकमा पहिरो जाँदा ८ जना बेपत्ता भएका छन्। गए रातिको अविरल वर्षाले पहिरो जाँदा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची–११ बजारमा पहिरो जाँदा आठ जना बेपत्ता भएका हुन्।

कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा ८ जना बेपत्ता भएकाका हुन् । एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज बिहान २ बजे गएको थियो । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।

प्रकाशित मिति:August 3, 2020