प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा २ जना घाईते

  Sampatti News

August 3, 2020

काठमाडौँ । उदयपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा २ जना घाईते भएका छन्। घाईते हुनेमा आन्दोलनकारीले हानेको ढुङ्गा लागेर प्रहरी जवान राजकुमार बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको छ। यस्तै, आन्दोलनकारीपट्टि पनि एक जना रहेका छन् । उदयपुरको बेलका नगरपालिकाको रामपुर ठोक्सिला बजारस्थित नगरपालिका परिसरमा आइतबार नेपाली काँग्रेस, संघीय समाजवादी पार्टी र राप्रपाले नगरपालिकाविरुद्ध गरेको आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो।

इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका अनुसार बेलका नगरपालिका नेपाली काँग्रेस, संघीय समाजवादी पार्टी र राप्रपाले नगरपालिकाविरुद्ध विरोधसभा गरेको र सो कार्यक्रम बरगाछी बजारको जनजाति हल परिसरमा गर्ने सम्झौता भएको थियो । बरगाछी क्षेत्रमा कोरोना सङ्क्रमण व्यापक फैलिएको कारण २५ जनामात्र भेला भएर कार्यक्रम गर्ने भनिए पनि ५ सयभन्दा बढीको सङ्ख्या आन्दोलनकारी आएर नगरपालिकाको कार्यालय नै तोडफोड गर्न खोजेकाले झडप भएको इप्रका रापुरले बताएको छ ।

नगरपालिका हल परिसरमा प्रहरीले कार्यक्रम गर्न नदिएपछि आन्दोलनकारीले गेटबाहिर कार्यक्रम गरेका थिए ।

यता नेकपाका कार्याकर्ताले विरोध जुलुस निकालेका थिए । दैनिक कोरोना सङ्क्रमण बढ्दै गइरहेको र केही दिनदेखि यता बजार क्षेत्रलाई सिल गरेर हिँड्डुल आवतजावतमा रोक लगाइए पनि राजनीतिक दलले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

प्रकाशित मिति:August 3, 2020