लेखक हेमलाई पिएचडीको उपाधी

Nepal Cover
१७ पुष २०८०, मंगलवार
image

रौतहट १७ पुस। रौतहट जिल्लाको कटहरिया नगरपालिका ८ पिप्रा पोखरीया निवासी लेखक हेम प्रसाद साहलाई पीएचडीको उपाधि प्रदान गरिएको छ। साहलाई जर्मनीको हेसेन इन्टरनेशनल ले इंग्लिश लिट्रेचरमा पीएचडी को प्रमाणपत्र प्रदान गरेको हो।
पुस्तक लेखन तथा प्रकाशन क्षेत्रमा पाँच दर्जन भन्दा बढी पुस्तक लेखी नेपाली शिक्षा जगतमा उल्लेखनीय योगदान उदाहरणीय भूमिका को कदर गर्दै हुसैन इन्टरनेशनल युनिभर्सिटीको सिनेट्ले साहलाई पीएचडीको लागी सिफारिस गरेको थियो । सन २०२४ जनवरी १ को दिन भारतको राजस्थान, जयपुरमा सम्पन्न दिक्षान्त समारोहमा बलिवुडकी सुपरस्टार अभिनेत्री महिमा चौधारीको हातबाट साहलाई प्रमाणपत्र दिइएको छ।