साताको तेस्रो दिन नेप्से परिसुचक ७.५९ अंकले बढ्यो

Nepal Cover
२० श्रावण २०७७, मंगलवार
image

काठमाडौँ। साताको तेस्रो दिन मंगलबार सेयर कारोबार‍मा सुधार आएको छ। सोमबार नेप्से परिसुचक ०.५४ प्रतिशत अर्थात ७.५९ अंकले बढेर १ हजार ४ सय ३ दशमलब ८६ विन्दुमा रोकिएको छ।

त्यस्तै ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक ०.५० प्रतिशत अर्थात १ दशमलब ४७ अंकले बढेर २ सय ९४ दशमलब २४ विन्दुमा रोकिएको छ।

दिनभर १ सय ९० कम्पनी कारोबारको लागि सूचीकृत भएका छन्। कूल सूचीकृत कम्पनीको १६ हजार ६ सय ६६ पटकको ५३ लाख ४२ हजार ८ सय ५१ कित्ता सेयर खरिद बिक्री भएको छ। जस अनुसार कारोबार रकम १ अर्ब २९ करोडको २५ लाख २ हजार २ सय १३ पुगेको छ।