अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण

  Sampatti News

August 4, 2020

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयागका १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। आयोगका १४ प्रहरी र १ जना सवारी चालक गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अख्तियारका सञ्चार विज्ञ शरद अधिकारीले आयोगका १ सय ७९ जना कर्मचारीको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति:August 4, 2020